प्रस्तुत आलेख दुइ बर्ग (सामान्य र उसको हुनेखाने इस्टमित्र) बिच हेर्दा र देख्दा सामान्य लाग्ने तर सो ले मनमा कहि न कहि बिझाउने ब्यबहारहरुको बारेमा केहि ब्यबहारगत द्रिस्टान्त हरुबाट उजागर गर्न खोजिएको छ। इस्टमित्र भन्नाले आफन्त अनि साथिभाइ सबै पर्ने हुदा ठुलाबढा र सामान्य बीचको सोचाइ र ब्यबहारले सम्बन्धमा कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने देखाउनु यस लेखको मुल मर्म हो।
"के हो आजकल त, न त फोन न म्यासेज केहि छैन" यस्तो गुनासो प्राय धनाढ्य आफन्त, नातेदार्, साथिभाइ हरुको आइ नै रहेको हुन्छ । जुन गुनासो भन्दा पनि उनिहरुले हेयको नियत राखि बोलिएको औपचारिकता को वाक्य भावानुभुत त्यत्ति बेला हुन्छ जव उनिहरुले चाहि कत्ति न सन्झिने, शुभचिताउने अनि समय-समयमा सम्पर्क गरि नै रहने गरे झै ठुलो भै टोपल्न प्रस्तुत् गरेका हुन्छ। "आउदै गर न , यो त कहिल्यै आउदैन। सम्पर्क गर्दै गर न, यसले त कहिल्यै सम्पर्क गर्दैन।" जस्ता फर्मालिटि वाक्यहरु बोलेर आफु चाहि सामान्य भन्दा फरक हो भनि टोपलिने उनिहरुको ब्यबहारबाट बुझिन्छ। त्यो भन्नेले कति पटक समान्य इस्टमित्र हरुको झुपडिमा गयो त? अनि आफु ल चाहि कतिपल्ट सम्पर्क गरे त भन्ने प्रश्नको उत्तर मनन नगरि औपचारिकताको सम्बन्ध प्रस्तुत गरेका हुन्छन।
फोन गर्दा अपवादको अवस्थालाइ छोड्ने हो भने लामै समय सम्म रिङ बजाउदा पनि रिसिभ नगर्ने, गरि हालिए तापनि आफु सार्है ब्यस्त रहेको भावभङ्गि देखाउने तथा म्यासेज पठाउदा पनि हेरिसकिएको म्यासेजको रिप्लाइ दिन धेरै नै ढिला गर्नु भनेको उसले गरेको बेवास्ता हो भनेर बुझ्न गार्हो पर्दैन। अझ कसै कसैलेले सोधेको हालखबरको रेस्पोन्स गरिदिन समेत महिनौ लगाइदिन्छ्न। कस्तो राम्रो मनसाय ले नमस्ते भन्दा सो नफर्काउने जस्ता मपाइत्व प्रदर्शन गर्ने खालको एट्टिट्युट देखाउने ठुलाबढा इस्टमित्र हरुलाइ सो पछि कसले दोहोर्याएर सम्मान गर्छ भन्ने हेक्का नराख्ने। आफुलाइ चाहि सबैले बढो इज्जत गरिदेओस भन्ने चाह चाहि राख्ने तर अरुलाइ चाहि बेवास्ता गर्नेलाइ त अरुले पनि भ्यालु दिदैनन भन्ने चेत किन नभएको होला। जसले गर्दा त्यो सामान्य इस्टमित्रलाइ पुन: सोधौ-सोधौ लाग्दैन अनि बिस्तारै सम्बन्ध पातलिदै गैरहेको हुन्छ। बढो चासो राखेर उनिहरुको हालखबर सोधियो भने "ठिक छ" भन्ने जवाफ फर्काइने गर्दछन। सोध्ने लाइ तिमिलाइ चाहि कस्तो छ भन्ने समानुभुतिका प्रश्न सोधिन्न भने सम्झनु पर्छ कि, त्यो ठुलो मान्छे हो। यदि बढो गार्हो गरि रिप्लाइ गरि हालियो भने पनि अत्यन्तै छोटो "थ्याङ्क्स" जस्ता टपोरि रेस्पोन्स गर्ने गर्दछन।
"अब त कमाउने भइस अनि दाम छापेको छस् त्यहि भएर "अचेल त के गन्थिस अब अव हामिलाइ" / 'अव त ठुलो भै टोपलेको' जस्ता वाक्य यसरि हेपेर बोलिरहेका हुन्छन कि उनिहरुले देख्दा वा उनिहरुका सामुन्ने सधै उहि हैसियतमा रहिरहनु पर्थ्यो। त्यसो नगरेर यदि मेहनत र लगनसिलताले गर्दा कोहि कमजोर् पछि प्रगति गर्यो भने पनि त्यो हुनेखाने इस्टमित्रहरुलाइ स्विकार्य बहुतै कठिन हुन्छ । आजकल सबै भन्दा बढ्ता सामाजिक सञालमा उनिहरुले राखेको र लेखेको कुरा हरु आफुलाइ चित्त नबुझेता पनि "आहा ! कत्ति जाति" भनिदिएन भने उनिहरुको मन बेखुस हुन्छ अनि आफुलाइ नटेरेको जस्तो ठानि बैरभाव मनमा लिएका देखिन्छ। जर्साबलाइ स्वस्ति नगर्दा सिपाहिको जागिर खुस्किएको कथा झै उनिहरुलाइ हर पल प्रशन्सा गरिरहनु पर्ने, उनिहरु कै भक्तिगान गरिरहनु पर्ने यदि सो मा कुनै दिन कमि आएमा उनिहरुको मनमा चसक्क पस्छ अनि नटेरेको भान हुन्छ यदि कहि कतै थोरै चुकियो मात्र भने पनि। उनिहरुले लगाएका अर्हाएका लगाएका कामहरु आफ्नो महत्वपुर्ण काम समेत छोडि बिना आनाकानि तुरन्तै आज्ञा पालन गर्न सकियो भने उनिहरु बेहद खुस नत्र भने अनादरको भाव सिर्जना। उदाहरणका लागि उनिहरुको आफ्नै मात्र जन्मोत्सब , बिबाहत्सब्, पास्नि छेवर्, चुडाकर्म लगाएतका दिनहरुमा मात्र नभै उनिहरुका आफन्तहरुलाइ लागि उनिहरुले गरिएको पोस्टलाइ समेत ऐजन ऐजन मन नपराइदिएर प्रशन्सा गर्न चुकियो मात्र भने पनि उनिहरुको बक्रद्रिस्टि देखिन्छ। तसर्थ ठुलाबडा इस्टमित्रलाइ सधै खुसि बनाइराख्नु पर्छ।
के काम गर्छस्? के कस्तो कमाएको छस ? प्रगति क गरिस जस्ता हेय सेन्स झल्किने प्रश्न सोधेर आफु उपल्लो स्थान मा रहेको र उसको स्थान आफ्नो भन्दा सधै तल्लो स्थान मै रहेको देखाइ टोपल्ने किसिम को प्रश्न सोध्ने गर्दछन भने अरुलाइ आवास्यक् नपर्ने निशुल्क सल्लाह समेत दिन भ्याइरहेका हुन्छन। उनिहरुले सालौ पहिले देख्दा खेरि 'जुन अवस्था र परिस्थितिमा थियो, बागमतिमा कयौ पानि बगिसकेपछि पनि उहि अवस्था मै रहनुपर्छ' जतिबेला हेप्ने गरिएको थियो अहिले पनि इन्सल्ट गर्दै बोल्दा सहनु पर्छ भन्ने हेय भावका साथ प्रस्तुत हुने गरिएको देखिन्छ।
के भएको ले यस्तो हुन्छ त भनेर अध्ययन गर्ने हो भने यस मनोभावको सम्बन्धमा प्रसिद्द मनोबिद बब हण्डरशनले यस किसिमको मनोभाव लाइ एक मनोसमस्या कै रुपमा अर्थ्याएका छन। उनले गरेको रिसर्च अनुसार मानिस हरुलाइ ४ उमेर समुहमा राखि ब्याख्या गरेका छन।
किशोरवस्था :- उनिहरुको मोजमस्ति, रवाफिलो क्रियाकलाप्, सुन्दरता, बिरता इत्यादि को प्रशन्सा गरेको रुचाउदछन। यत्ति त सामान्य हो कि उनिहरुले बनाएका टिकटकको समेत मुक्तकण्ठाले प्रशन्सा गरियोस भन्ने आशय राखेका हुन्छन। उनिहरुले साथि सङ्गि अनि नातेदार हरुका माझ आफ्नो माथि उल्लेखित कुराहरु जोडेर बिरताको गाथा प्रस्तुत गरिदियोस भन्ने चाह राखेका हुन्छन।
२५ देखि ३५ उमेर समुह :-
उनिहरुको करियर अनि हासिल गरेका उपलब्धि हरुको सबै माझ गुणगान गाइयोस भन्ने मनोभाव रहेको देखिन्छ।
बिशेशगरि बाल्यकालका हुन या बिध्यालय सङ्गै पढेका साथि भाइहरु बर्सौ पछि भेटघाट हुदा त्यहा आफ्नो प्रगति सिधै प्रस्तुत गर्दा घमण्डि कहलिने हुदा हाउभाउ, रेस्पोन्स्, ब्यबहर मार्फत उनिहरुले आफ्नो बिरताको गाथा प्रस्तुत गरिरहेका हुन्छन। उनिहरुको प्रस्तुत ब्यबहारले सामान्य साथिलाइ हिनताबोध गराउने काम भैरहेको हुन्छ।
प्रौढ अवस्था:-
यसमा उनिहरुकाका मात्र नभै सन्तान, श्रिमान्, श्रिमति लगायतको समेत प्रशन्सा गरिदियोस भन्ने चाह राखेका हुन्छन। यहि उमेर समुहमा हो सबै भन्दा बढ्ता धन र प्रगतिको तुजुक देखाउने। आन्य सहकर्मि हरु भन्दा वा कमजोर आफन्त हरु भन्दा केहि फरक ढोङ प्रस्तुत गर्न उनिहरु पछि पर्दैनन। यो उमेर समुह का बिशेश गरि ग्रिहणि हरुमा अरुले बोल्ने शब्द शब्द हरु यस्तो सुछ्म रुपमा केलाएर बुझ्ने अलौकिक शक्ति रहेको हुन्छ। यदि कसैले उनिहरुको मान सम्मानमा कहि कतै कैफियत छोडेका देखेमा त्यो उनिहरुको प्रधानसत्रु कहलिन सक्छ।
बुढ्यौलि अघिको या सुरुवाति अवस्था:-
यो अवस्थामा बिशेश गरि आफ्नो प्रशन्सा प्रत्ति रुचि राख्दैनन। बरु आफ्नो सट्टा आफ्नो सन्तानले गरेको उन्नति प्रगति गाथा सबै सामु प्रस्तुत होओस भन्ने चाह राखेर बसेका हुन्छन।
अझ बिशेशगरि हाम्रो जस्तो अति कम बिकशित रास्ट्रहरुमा उन्नति र प्रगतिको इण्डिकेटर भनेको आर्थिक बिकाशलाइ प्रमुख मानिने हुदा ज्ञान्, बुद्दि, बिबेक्, सोचाइ, सामाजिक मर्यादा एबम उसको क्यापबिलिटि प्राय गौण रहन्छन। सम्रिद्दि भनेको उसले कत्ति आर्थिक प्रगति गर्यो सो ले निर्धारण गर्ने गर्दछ। टाढाको नातेदारहरु पनि यदि त्यो असाध्यै धनि र उच्च ओहोदामा रहेछ भने जो आफ्नै इस्टमित्र कहलिन्छ भने जसको आर्थिक हैसियत कमजोर छ भने उसलाइ नजिकैको नातेदारले समेत बेवास्ता गरिरहेका हुन्छन। बरु गरिब नातेदारहरु बाटै नाता जोडिएका ठुलाबढाहरु सङ्ग उनिहरुको सम्बन्ध बिस्तार भै रहेको हुन्छ भने साख्यै आफ्नो आफन्ति जो सङ्ग सम्पति छैन उसलाइ चाहि बेवास्ता गरिरहेको देखिन्छ हाम्रो समाजमा। हो यसको एकमात्र कारण भनेको पुजिवादको प्रस्रय र सो ले निम्त्याइरहेको बिक्रिति हो।
एकातिर त्यस्तो छ भने मनोबिद बब हण्डरशनले यसका अर्का तिरको पाटो बिस्लेशण पनि गरेका छन । उनका अनुसार् कमजोर अवस्थाका इस्टमित्रहरुले प्रगति गरेका इस्टमित्र हरु प्रति धेरै आसावादि हुनु पनि एक फरक पाटो मानेका छन। आफुले निर्वाह गर्नुपर्ने दायित्व केहि पुरा नगर्ने, गर्नु पर्ने जिम्मेवारि हरि वहन नगर्ने अनि मलाइ "फलानोले गरिदिएन" भन्ने मानसिकता जव सम्म रहिरहन्छ तव सम्म सम्बन्धमा चिसोपना देखिएइ रहेको हुन्छ।
उनको गरेको रिसर्चले यो पुस्टि गरेको थियो कि, जव मानिसको स्टाटस परिवर्तन हुन्छ तव उनिहरुमा स्वत स्वस्फिर्त हार्मोन समेत परिवर्तन हुन्छ जसले उनिहरुको सोचाइको दायरालाइ फराकिलो पारिदिई रहेको हुन्छ। जसले गर्दा उनिहरुमा एक प्रकारको मपाइत्व कहि न कहि भित्र लुकेर बसेको हुन्छ जो कुनै बेला बोलि ब्यबहार मा अवस्य देखा पर्दछ भनेर पुस्टि गरेका छन। यस समस्या को एकमात्र निदान हो, ठुलो बन्न खोज्ने त्यस्ता टपोरि इस्टमित्र हरुलाइ आफुले पनि ड्यमकेयर गरिदिनु अर्थात मतलबै नगरिदिने। आखिर आफ्नो दुख आफै ले नगरि हुन्न। बेकाम मा अरु लाइ फोकटमा लोकाचारि गरेर समय खेर फालिरहनु भन्दा वास्तै नगरे पछि न रहे बास्, न बजे बासुरि।
-निर्मल घिमिरे
जापान्