Logout

दिपक अर्यालको देश छोड्नेको लर्को सार्वजनिक

6.5k Shares

गायक तथा सर्जक पशुपति शर्माको स्वरमा सजिएको नयाँ गीत 'देश छोड्नेको लर्को' दिपक अर्याल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । दिपक अर्यालका शव्द, तारानाथ आचार्यको संगितमा सजिएको यो गितलाइ निशान वानियाले निर्देशन र सुनिल भण्डारीले छायाङकन गर्नुभएको हो । वर्तमान समयका सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाहरूलाई चित्रण गर्दै तयार पारिएको यस गीतले नेपाली समाजमा देखिएको रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाइ समेटेको छ।

गीतका मुख्य अंशहरूमा परिवारको विपन्नता, देशप्रतिको माया, र विदेश जानुपर्ने बाध्यतालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। युवाहरुले जिन्दावाद र मुर्दावादका नारा लगाएर देशमा राजनितिक परिवर्तन ल्याए पनि, आफ्नो घरको ऋण तिर्न नसक्दा बुवालाइ साहुले थर्काएको र आमाको च्यातिएको चोलि फेर्न नसकेर टुलुटुलु हेरेर वस्नुपरेको अहिलेको यथार्थतालाइ प्रस्तुत गरिएको छ ।

दिपक अर्यालले यसअघि पनि "पार्सल" "भगेरी चरी" "आउन आमा आउ", "एउटा वाचा गर्छु", "तिम्रै तस्बिर प्यारो लाग्छ सानु", "आत्महत्या गर्छु भन्दानी" जस्ता संगितिक कोशेली मार्फत सामाजिक यथार्थ र समस्याहरूलाई उजागर गर्दै आउनुभएको छ । 'देश छोड्नेको लर्को' त्यही श्रृंखलाको अर्को उत्कृष्ट उदाहरण हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार