Logout

आज पनि सेयर कारोबार घटयो

2.7k Shares

काठमाडौं, २३ माघ । आज सेयर कारोबार घटेको छ ।


सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको हो ।

 

अघिल्लो दिनको तुलनामा थप ०.१६ प्रतिशतले घटेपछि आज नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा रोकिएको छ ।


आज कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनिको घटेको छ । बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।


जसअनुसार ९० हजार ७ सय ५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएका थिए भने सो किनबेचमा करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको जनाइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार