Logout

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उदघाटन खेलमा म्यानमार बिजयी

2.9k Shares

काठमाडौं, ५ बैशाख । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उदघाटन खेलमा बिजयी भएको छ। 


सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर बिजयी सुरूवात गरेको हो ।

 

म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

 

दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।  पहिलो जितसँगै ४ देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार