Logout

नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो

2.3k Shares

काठमाडौं, ११ फागुन । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ । 

आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए। 

आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ । आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् । पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए । आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार