Logout

लायन्स क्लव अफ पोखरा गुडविलद्वारा सहिद स्मृति विद्यालयलाई साउण्ड सिस्टम सहयोग

6.5k Shares

लायन्स क्लव अफ पोखरा गुडविलले पोखरा महानगरपालिका–१४, मझेरीपाटनमा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयलाई आधुनिक साउण्ड सिस्टम हस्तान्तरण गरेको छ।

विपन्न र दलित विद्यार्थीको बहुलता रहेको विद्यालयको शैक्षिक शैक्षिक स्तरलाइ थप सुधार गर्ने तथा विद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापमा सहयोग पुर्‍याउने उद्देश्यले क्लवले उक्त सहयोग गरेको हो। लायन्स क्लव अफ पोखरा गुडविलका अध्यक्ष राजेन्द्र शर्माले विद्यालयको अवस्था बारे जानकारी पाएपछि सामाजिक उत्तरदायित्व स्वरूप तत्काल साउण्ड सिस्टम प्रदान गरिएको जानकारी दिनुभयो। “सेवा, नेतृत्व र उदय” भन्ने नाराका साथ अघि बढिरहेको क्लवले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको अध्यक्ष शर्माको भनाइ थियो।

कार्यक्रमको उद्घाटन लायन्स क्लवका जिल्ला प्रशासक युवराज खनालले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै उहाँले लायन्स क्लव सधैं विपन्न समुदायको साथमा रहने संस्था भएको उल्लेख गर्नुभयो। विद्यालयको शैक्षिक गुणस्तर सुधारमा क्लवले पहिलेदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको पनि उहाँले बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिकी सदस्य तेजकुमारी पौडेलले सामाजिक क्षेत्रमा लायन्स क्लवको योगदान प्रशंसनीय रहेको बताउनुभयो। युवा शक्ति मुलुक विकासको संवाहक भएकाले क्लवले युवाको नेतृत्व विकासमा समेत विशेष योगदान दिइरहेको उहाँको भनाइ थियो।

विद्यालयकी प्रधानाध्यापक कल्पना सिलवालका अनुसार प्रदान गरिएको साउण्ड सिस्टमले शैक्षिक तथा अतिरिक्त गतिविधिमा विद्यार्थीलाई प्रोत्साहन गर्न मद्दत पुग्नेछ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो।

लायन्स क्लव अफ पोखरा गुडविलले स्थापना कालदेखि नै शिक्षाको क्षेत्रमा शैक्षिक सामग्री वितरण, चेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति, खानेपानी तथा सरसफाइ, महिला र युवा सशक्तिकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधार विकास जस्ता विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार