Logout

हिमालयन डिस्टिलरीको लाभांश घोषणा

3.3k Shares

३१ असोज, काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको हो ।

साथै कम्पनीले कात्तिक ३० गतेका लागि पर्सास्थित रजिस्टर्ड कार्यालयमा साधारणसभा बोलाएको छ । साधारणसभाका लागि कात्तिक २० गते बुक क्लोज गर्ने भएको छ ।

कात्तिक १९ गतेसम्म सेयर होल्ड गरेका वा खरिद गरेकाले लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार राख्छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार