3.5k
Shares
काठमाडौं । ‘परान’ ले पछिल्लो शनिबार अर्थात ५ पुससम्म देशब्यापी १७ करोड ६१ लाख नेरु ग्रस कमाएको छ ।
सिनेपाः बक्सअफिसको विवरणअनुसार, फिल्मको कूल कमाई शनिबारसम्म १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस छ ।
यो फिल्मका ६ लाख २५ हजार ६२५ वटा टिकट बिकेका छन् ।
यो कमाइसँगै औपचारिकरुपमा नीर शाह स्टारर फिल्मले ‘छक्कापञ्जा ४’ र ‘जारी’ को कमाइलाई उछिनेको छ ।यो फिल्मले शनिबार प्रदर्शनको ५१ दिन पनि मनाएको थियो । फिल्म चाहिँ १४ कात्तिकमा रिलिज भएको थियो ।