लायन्स क्लव अफ कोरिया रिटर्नीले आफ्नो सिग्नेचर कार्यक्रम अन्तरगत १५ जना प्रशिक्षार्थिहरु लाइ १० दिने म:म वनाउने तालिम प्रदान गरेको छ ।
तालिमको अन्तिम दिन आज एक समारोहका विच सहभागीहरुलाइ प्रमाणपत्र सहित समापन गरिएको हो । समापन समारोह क्लस्टर 2 का क्लस्टर प्रमुख लायन भावना वसेलको प्रमुख आतिथ्यता, जोन 7 का जोन चेयरपर्सन लायन विपिन सुवेदीको विषेश आतिथ्यता र लायन्स क्लव अफ कोरिया रिटर्नीका अध्यक्ष लायन इस्वर वहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै लायन्स क्लव अफ कोरिया रिटर्नीका अध्यक्ष इस्वर वहादुर केसीले कार्यक्रम सानो भए ता पनि यस कार्यक्रमले १५ जना युवाहरुलाइ रोजगार वनाउने वताउनुभयो । त्यस्तै प्रमुख अतिथि लायन भावना वसेलले लायन्स क्लवहरुले धेरै राम्रा राम्रा कार्यक्रम संचालन गर्दै आएको वताउदै लायन्स क्लव अफ कोरिया रिटर्नीलाइ थप राम्रा कार्यक्रम सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका विशेष अतिथि लायन विपिन सुवेदीले लायन्स क्लवले धेरै मानिसको जीवनमा प्रत्यक्ष फाइदा पुर्याएको वताउदै यस्ता कार्यक्रमले युवाहरुलाइ रोजगारी प्राप्त गर्न एवं स्वरोजगार वन्न सहयोग पुग्ने भएकोले अन्य लायन्स क्लवहरुलाइ पनि यो कार्यक्रम अनुकरणिय हुने वताउनुभयो ।
पोखरा स्थित विरौटामा रहेको म:म मार्केट प्रा लिको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लव अफ कोरिया रिटर्नीका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा क्लवका सह सचिव रेवती सुवेदीले स्वागत मन्तव्य, दितिय उपाध्यक्ष एस पि अधिकारीले आफ्ना भनाइहरु राख्नुभएको थियो । सहभागीहरुलाइ १० दिन सम्म तालिम दिनुभएका प्रशिक्षक मिलन क्षेत्रीले सवै सहभागीहरुलाइ व्यवसायीक सफलताको शुभकामना दिनुभयो । कार्यक्रमको संचालन लायन्स क्लव अफ कोरिया रिटर्नीका सचिव अर्जुन प्रसाद पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी १५ जना मध्ये १० जनालाइ आजवाट नै म:म मार्केट प्रालिले रोजगारी दिएको छ ।